Logo

माधव नेपालनिकट विद्यार्थी संगठन सडकमा उत्रियो, दार्चुला घट्नामा मोदीको पुत्ला दहन (फोटोफिचर)



काठमाडौं, १८ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठनले दार्चुलाको घट्नाको विरोधमा आज प्रदर्शन गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा विद्यार्थीहरुले आज प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनको क्रममा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका थिए ।

काठमाडौको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि भेला भएका माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मोदीको पुत्ला जलाएको हो । सो क्रममा उनीहरुले भारतविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । दार्चुलाका धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन खुस्काउँदा नदीमा खसेर वेपत्ता भएका थिए ।

 

 

-तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्