Logo

यी हुन् १ हजार बढि प्रेमिका वरिपरि राख्ने मुस्लिम धार्मिक नेता (फोटोफिचर)



एजेन्सी, १८ भदौ । यौन उत्पीडनसँग जोडिएका टर्र्कीका एक मुस्लिम धार्मिक नेता अदनान ओकतार इस्ताबुंललाई एक अदालतले १ हजार ७५ वर्षको सजाय सुनाएको छ । मिडिया रिपोर्टको अनुसार अदनानमाथि यौन उत्पीडन, नाबालिगमाथि यौन शोषण, धोका दिएको र राजनीतिक तथा सैन्य जासुसी गरेको आरोप लागेको छ ।

अदनानलगायत करीब २ सय ३६ जना मानिसहरुमाथि यो मुद्दा चलिरहेको छ । यीमध्ये ७८ जना मानिसहरु पक्राउ पनि परिसकेका छन् । अदनान एक धार्मिक पंथका प्रमुख हुन् र अभियोजन पक्षमा उनको संगठनलाई अपराधिक मानिएको छ । त्यहाँको सरकारले २०१८ मा देशभर दर्जनौ व्यक्तिहरुलाई गिरफ्तार गरेको थियो ।

अदनानले मानिसहरुलाई कट्टरपन्थी मतको बारेमा उपदेश दिने गर्थे । उनले महिलाहरुलाई बिरालो भनेर बोलाउने गर्थे । अदनानले टिवी शोमा महिलासँग नृत्य समेत गर्थे । जुन युवतीहरु प्लास्टिक सर्जरी गरेका हुन्थे ।

अदालतले सुनुवाईको क्रममा अदनानको बारेमा थप रहस्य खोलेको छ,–‘अदनानको १ हजार प्रेमिका थिए, अदनानले महिला देख्दा बित्तिकै आफ्नो दिलबाट प्रेम जाग्ने गरेको थियो ।’ उनले यो आफ्नो मुसलमानी खुबी भएको दाबी गरेका छन् । उनले न्यायाधिसको प्रश्नको जवाफ दिँदै भने,‘म मा पिता बन्ने असाधारण क्षमता रहेको छ ।’

अदनान भन्दा पहिला पनि १९९० को दशकमा यस्तै घटना बाहिर आएको थियो । उक्त समय जबरन पनि यस्तै धार्मिक पन्थका नेता थिए । उनी धेरै पटक यौन काण्डमा फसेका थिए । उनलाई एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन् । महिलाहरुले जबरजस्त आफुलाई गर्भनिरोधक औषधि खान बाध्य बनाएको समेत उनलाई आरोप लगाएका थिए । जबरनको घरमा ६९ हजार गर्भनिरोधक औषधिका गोली समेत भेटिएको थियो ।



प्रतिक्रिया दिनुहोस्