Logo

बक्सिङ भिडन्तमा किशोरीको मृत्यु (भिडियोसहित)



एजेन्सी, १९ भदौ । यी १८ वर्षीया किशोरी चौंथो राउन्डको बक्सिङ भिडन्तमा नकआउट भइन् । प्रतिस्पर्धीले लगातार मुक्का प्रहार गरेपछि रेफ्रीले खेल रोकेका थिए ।

प्रशिक्षक दौडदै आए । कुनामा राखिएको मेच ल्याएर बसाउन खोजे । तर, चोटका कारण उनी रिङमा उभिन पनि सकिनन् । हात र खुट्टा छाडेर छटपटिन थालिन् । उनलाई अस्पताल लगियो । तर, चिकित्सकले बचाउन सकेनन् ।

यी बक्सर हुन् मेक्सिकोकी जानेटी जाकारियास जापाटा । गत शनिबार मोन्ट्रियलमा भएको बक्सिङ भिडन्तमा उनी मेरी पियर हुलेसँगको भिडन्तमा घाइते भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्