Logo

विङ्गर र अटो एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु, ४ जना घाइते



कैलाली, भदौ १९ । कैलालीमा विङ्गर र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

शुक्रबार जिल्लाको गौरीगंगा नगरपालिका ४ राजिपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से १ ह २५१० नम्बरको अटो आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी अटोमा सवार ७ जना घाइते भएका र तीमध्ये ३ जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका ९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेका छन्। त्यस्तै घाइते हुनेमा घोडाघोडी ९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दिपेन्द्र चौधरी, २० वर्षीय असान्त चौधरी र ३० वर्षीय हरी चौधरी रहेका छन्।

घाईते सबैको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको बताइएको छ। विङ्गर सहचालक कञ्चनपुरको वेदकोट नगरपालिका १० का २५ वर्षीय धनु रावल सामान्य उपचारपश्चात प्रहरीले नियन्त्रणमा लिएको छ। विङ्गर चालक फरार रहेको र खोजी कार्य तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्