Logo

न्युजिल्याण्डमाथि बंगलादेशको लगातार दोस्रो जित



काठमाडौं, १९ भदौ । बंगलादेशले दोस्रो टी–ट्वान्टी क्रिकेटमा न्युजिल्याण्डलाई लगातार दोस्रो जित निकालेको छ ।घरेलु मैदानमा भएको खेलमा शुक्रबार बंगलादेशले न्युजिल्याण्डलाई ४ रनले पराजित गरेको हो ।

योसँगै बंगलादेशले न्युजिल्याण्डमाथि लगातार दोस्रो जित निकालेको छ ।जितसँगै बंगलादेशले ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । बंगलादेशले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

न्युजिल्याण्डका कप्तान टम लाथमले अविजित रहदै ६५ रन जोडे । यस्तै विल योङले २२ रन बनाए । त्यस्तै न्युजिल्याण्डका रचिन रविन्द्रले ३ विकेट लिए ।बंगलादेशका महेदी हसन र शकिब अल हसनले २-२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । बंगलादेशका मोहमद नाइमले ३९ रन जोड्दा कप्तान ममुदुल्लाह अविजित ३७ रन बनाए । लिटोन दासले ३३ रन जोडे ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्