Logo

बहुप्रतिक्षित क्राइम–थ्रिलर सिरिज ‘मनि हाइस्ट’को सिजन ५ नेटफ्लिक्समा सार्वजनिक



काठमाडौं, १९ भदौ । बहुप्रतिक्षित क्राइम–थ्रिलर सिरिज ‘मनि हाइस्ट’को सिजन ५ नेटफ्लिक्समा सार्वजनिक भएको छ । मनि हाइस्ट सिरिजको पाँचौ सिजनको पहिलो भाग हिजो (शक्रबार) सार्वजनिक भएको छ भने दोश्रो भाग यसै वर्षको डिसेम्बरमा आउनेछ ।

नेटफ्लिक्सको ट्वीटर ह्यान्डलमार्फत उक्त सिरिजका एपिसोडका नामहरू सार्वजनिक गरिएको छ । नेटफ्लिक्समा सार्वजनिक हुने अधिकाशं कन्टेन्टहरू नेटफ्लिक्सको मुख्य कार्यालयबाट सार्वजनिक हुने गर्छन् ।

मनि हाइस्टका सबै सिजनहरू चाँडै नै नेटफ्लिक्समा उपलब्ध हुने जानकारी दिइएको छ । पाँचौ सिजनमा जम्मा १० ओटा एपिसोड हुनेछन् । पहिलो भोलुम अन्तर्गत पाँच ओटा एपिसोड रहेका छन् ।
जसमा ‘द इन्ड अफ द रोड’, ‘डु यु बिलिभ इन रिइन्कार्नेसन’, ‘वेलकम टु द शो अफ लाइफ’, ‘योर प्लेस इन हेभन’, र ‘लिभ मेनि लाइभ्स’ छन् । सार्वजनिक हुन बाँकि पाँचौ सिजनको दोस्रो भोलुममा पनि पनि पाँचवटै एपिसोडहरू हुनेछन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्