Logo

चीनले नेपाली भूमि मिचेको छैन, समिति बनाउनु प्रोभोकेशन गर्नु हो : देव गुरुङ (भिडिओसहित)



काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा प्रमुख सचेतक देवप्रसाद गुरुङले हुम्लामा चीनले नेपाली भूमि मिचेको भनेर सरकारले अध्ययन समिति बनाएकोमा आपत्ति जनाएका छन् । उनले चीनले नेपाली भूभाग नमिचेको पनि दाबी गरे । सरकारले समिति बनाएर चीनसँगको सम्बन्ध बिगार्न लागेको पनि उनको गुनासो थियो ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले चीनले नेपाली भूभाग नमिचेको भनेर यसअघि नै परराष्ट्र मन्त्रालयले भनेको पनि सुनाए । उनले अहिलेसम्मको रिपोर्टको आधारमा चीनले नेपाली भूमि मिचेको कुनै प्रमाण नभएको दाबी गरे । उनले आफूहरुले कसैलाई केही लागेको छ भन्दैमा त्यसको पछि नलाग्ने स्पष्ट पारे । तर, आफूहरु भने तथ्यमा आधारित भएर मात्रै अघि बढ्ने उनको भनाई छ । उनले चीनसँगको सिमा विवादको विषयमा सरकारले समिति बनाउँदा चीनसँगको सम्बन्ध बिग्रिने गुनासो पोखे ।



प्रतिक्रिया दिनुहोस्