Logo

वामदेवबारे सूर्य थापाको टिप्पणी : खासमा यिनी पुष्पकमल दाहालको साख्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन्



काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का युवा नेता सूर्य थापाले हिजोमात्रै एमालेको सबै जिम्मेवारीबाट राजीनामा दिएका वामदेव गौतमबारे कडा टिप्पणी गरेका छन् । उनले अस्थिरताको हिसाबले गौतम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको साख्नै सानी आमाको छोराजस्तै लागेको र रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका छन्-

‘उनी एकैदिनमा तीनथरी कुरा गर्थे । बिहान घरबाट निस्किँदा नेकपा(माले)काे पक्षमा कुरा गर्थे । दिउँसो माओवादी बनिसक्थे । र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे ।’ खासमा अस्थिरताकाे हिसाबले यिनी पुषपकमल दाहालकाे साख्खै सानी आमाकाे छाेरा भाइजस्तै लाग्छन् र छन्। २०५४-५८ ताक यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा काे थियाे ?  यही कारण अन्तत: नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (एमाले)काे एकता, दुई तिहाईकाे कम्युनिस्ट सरकार र आफ्नै इतिहाससमेत संकटकाे भीरकाे डिलमा पु-याएर आज स्वयं किनारा लाग्न पुगे ? अनि, हिजाेदेखि व्यक्तिमा सीमित बने ? सही उत्तर मिलाउनुहाेस ?”



प्रतिक्रिया दिनुहोस्