Logo

काबुलमा तालिवानविरुद्ध महिलाहरुको प्रदर्शन



एजेन्सी, १९ भदौ । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार केही महिलाहरुको समूहले तालिबान विरुद्ध प्रदर्शन गरेका छन् ।राष्ट्रपति भवनको अगाडि उभिएर उनिहरुले तालिवानविरुद्ध विरोध प्रदर्शन गर्दै सरकारमा महिलाहरुको पनि सहभागीता हुनुपर्ने माग गरेका हुन् ।

‘मन्त्रिमण्डलमा महिलाहरुको पनि उपस्थिति हुनुपर्छ’, भन्ने लेखेको पर्चा सहित महिलाहरु विरोधमा उत्रीएका हुन् । सन् १९९६–२००१ सम्म अफगानिस्तानमा तालिवानले शासन गर्दा महिला प्रति देखाएको ब्यवहार निन्दनिय रहेको थियो । अहिले नेतृत्वमा रहेका तालिवानले महिलाको हक अधिकार सुनिश्चित गर्दै सिरीया कानुन अन्तरगत लागु गर्ने विषयमा पहिलेनै अबगत गराइसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्