Logo

बामदेवले छाडेपनि पत्नी तुलसा एमालेमै



काठमाडौं, १९ भदौ । बामदेव गौतमको राजीनामासँगै उनी दोस्रो पटक नेकपा एमालेबाट अलग भएका छन् । २०५४ सालमा एमाले विभाजनमा गौतम नै मुख्य थिए । उनले गठन गरेको नेकपा मालेमा महासचिव भए । यसपटक उनी माधवकुमार नेपालले एमाले फुटाएर गठन गरेको नेकपा एसमा जाँदैछन् ।

गौतम आउँदो हप्ता औपचारिक रुपमा एमालेमा समर्थकको शक्तिप्रदर्शनसहित प्रवेश गर्ने बुझिएको छ । राष्ट्रिय सभाका मनोनित सांसद रहेकाले उनको पद खारेज हुँदैन । तर, बामदेव पत्नी तुलसा थापा भने एमालेमै रहने निश्चितप्रायः भएको छ ।

नेकपा एसमा जान खोजे उनको पद नै खारेज हुन्छ । त्यसकारण पनि तुलसा एमालेमै रहने बुझिएको छ । उनी एमाले विभाजनप्रति सन्तुष्ट पनि छैनन् ।

यसैगरी, माधव नेपालकै सम्धी समेत रहेका पाल्पाली नेता सोमप्रसाद पाण्डे पनि एमालेमै रहने भएका छन् । उनको हस्ताक्षरलाई निर्वाचन आयोगले सदर गर्न नमानेपछि एमालेमै रहने भएका हुन् । उनी पनि एमाले विभाजनको विपक्षमा रहँदै आएका थिए । तर, माधव नेपालसँगको लामो निकटता र नातासम्बन्धका कारण अप्ठ्यारोमा परे ।



प्रतिक्रिया दिनुहोस्