Logo

एमाले जुम्लाका अध्यक्षसहित ५८ जना जिल्ला सदस्य एकीकृत समाजवादीमा



काठमाडौं, १९ भदौ । नेकपा (एमाले) जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरको छन् । आज (शनिबार) पत्रकार सम्मेलन गरी उनीहरूले माधवकुमार नेतृत्वको दल एकीकृत समाजवादीमा लागेको घोषणा गरेका हुन् ।

एमालेका जुम्ला अध्यक्ष तीर्थ बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने, उपसचिव राजबहादुर खत्रीसहित जिल्ला सदस्यहरूले एकीकृत समाजवादी रोजेका हुन् ।एमाले जुम्लाका उपाध्यक्ष नन्दराम रोकायाको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा सहभागीले आफूहरु एमाले छाडेर एकीकृत समाजवादीमा लागेको घोषणा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्