Logo

माधव नेपालले जुन मन्दिरमा बसेका थिए, अहिले त्यही मन्दिरमा थुकेकोथुकै छन् : अध्यक्ष ओली (भिडिओसहित)



काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले जुन घरमा बसेको त्यही घर बिगार्ने काम गरेको र जुन मन्दिरमा बसेका थिए त्यही मन्दिरलाई थुकेको टिप्पणी गरेका छन् । उनले माधव नेपालको पार्टी माधव नेपाल पार्टी रहने भन्दै कडा व्यंग्य गरेका छन् । आफ्नो पार्टी सशक्त भएर अघि बढ्ने स्पष्ट पारेका छन् । उनले अहिले एमाले विभाजन वा फुटेको नभई केही बिग्रिएका तत्वहरु गएको टिप्पणी गरेका छन् ।

उनले माधव नेपालहरुले पार्टी किन फुटाएको ? भन्ने कारणमा लंगुर लागेको छ भनेर खान दौडिएको बताए । उनले भने,‘कुनै विचारको भीन्नता छ त ? हाम्रो पार्टीमा हुँदा यिनीहरुले कुनै भीन्न विचार राखे त ? खाली स्वार्थको लडाईँ, मलाई यो पुगेन, त्यो पुगेन भन्नेमात्रै देखियो ।’ उनले माधव नेपालहरुले सधैं भागमात्रै खोजेको र रडाको मच्चाएको गम्भीर आरोप लगाए ।

https://www.facebook.com/ReportersNepal/videos/1769077363297071



प्रतिक्रिया दिनुहोस्

Screenshot