Logo

फिफाले गर्याे इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी व्यवहारको छानबिन सुरु



काठमाडौं, १९ भदौ । फिफाले इंग्ल्याण्डका खेलाडीमाथि भएको रंगभेदी व्यवहारको छानबिन सुरु गरेका छ ।बिहीबार राति भएको विश्वकप छनौट अन्तर्गतको खेलमा इंग्ल्याण्डले हंगेरीलाई ४–० ले पराजित गरेको थियो ।

हंगेरीको घरेलु मैदानमा भएको खेलमा त्यहाँका दर्शकहरुले इंग्ल्याण्डका खेलाडीलाई लक्षित गरि मैदानमा बोटल लगायतका वस्तुहरु मैदानमै फालेका थिए । खेलको दोस्रो हाफमा हंगेरीका समर्थकहरुले इंग्ल्याण्डका रहीम स्ट्रर्लिङ्ग र जुड बेलिङ्घमलाइ निशाना बनाएर रंगेभेदी टिप्पणी गर्दै आफु बसेको ठाँउमा कराएका थिए । फिफाले त्यस सम्बन्धमा अनुशासन सम्बन्धी अनुसन्धान सुरु गरेको जनाएको छ ।

यस्तै जल्दै गरेको पटाका जस्तो बस्तु पनि मैदानमा फालिएको थियो । इंग्ल्याण्डले खेलाडीमाथि भएको रंगभेदी टिप्पणी जस्तो दुर्व्यहार कुनै पनि हालमा स्वीकार्य नहुने भन्दै घटनाको निन्दा गरीएको छ ।सो खेलमा इंग्ल्याण्डका रहीम स्ट्रर्लिङ्ग र जुड बेलिङ्घमलाई निशाना गरेर रंगभेदी टिप्पणी गरेको बताइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्