Logo

नेपाल-भारत फुटबल भिडन्तः कस्ले जित्ला ?



काठमाडौं, २० भदौ । नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबलको दोस्रो खेल हुने भएको छ । आज दशरथत रंगशालामा साँझ साँढे ५ बजे खेल सुरु हुनेछ ।

घरेलु दर्शकमाझ नेपालले यसअघि बराबरी खेलेको थियो । नेपाली खेलाडीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । फिफा वरियतामा आफूभन्दा माथि रहेको टोलीसँग नेपालले आज जितका लागि रणनीति तय गरेको छ ।

पहिलो खेलबाट उत्साही नेपाली टोलीले आजको खेलमा आक्रामक रणनीति लिने भएको छ । आजको खेल जितेमा नेपालले ८ वर्षपछि भारतविरुद्ध जित हुनेछ । पछिल्लो पटक २०१३ को साफ च्याम्पियनशिपमा नेपालले भारतलाई पराजित गरेको थियो ।-Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्