Logo

तालिवान पञ्चसिर कब्जा गर्न विफल, विरोधी फौजद्वारा कडा प्रतिरोध



एजेन्सी, २० भदौ । अफगानिस्तानको पन्चसिर प्रान्त नियन्त्रणमा लिने तालिवानको प्रयास विफल भएको छ । तालिवानले चारैतर्फ घेरेर आक्रमण गरेर पन्चसिर उपत्यकाभित्र छिर्दा ठूलो क्षति व्यहोरेको छ ।

क्षति व्यहोरेपछि तालिवान ब्याक भएको अलजजिराले तालिवानविरोधी नेस्नल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) का प्रवक्ता फहिम डास्टीको भनाई उदृत गर्दै लेखेको छ । तर, यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

तालिवान पन्चसिरको दरबान्ड हाइटमा पुगेपछि क्षति भोगेपछि ब्याक भएका थिए । एनआरएफका प्रवक्ता डास्टीले पन्चसिर तालिवानविरोधी गढ भएको र कुनै हालतमा पराजित नहुने बताएका छन् ।
तालिवानले भिडन्त जारी रहेको र जीत सुस्त रहेको जनाएको छ । सडकहरुमा बमहरु ओछ्याइएकाले कठिनाई भएको तालिवान स्रोतले जनाएको अलजजीराले जनाएको छ ।

तालिवानले सिंगो अफगानिस्तानमा पकड बनाएपछि सरकार गठनको घोषणा गर्न खोजेको छ । तर, पन्चसिरमा चुनौती भोगिरहेको छ । पन्चसिर काबुलबाट ८० किलोमिटर उत्तरतर्फ पर्दछ । उक्त क्षेत्र विगतमा सोभियत फौजसले समेत कब्जा गर्न सकेको थिएन । तालिवानले पहिलोपटक अफगानिस्तान कब्जा गर्दा पनि पन्चसिरमा पकड बनाउन सकेन ।

पन्चसिरमा अल कायदाबाट मारिएका युद्धसरदार अहमद साह मसुदका छोरा अहमद मसुरले तालिवानविरोधी युद्धको नेतृत्व गरिरहेका छन् । त्यहाँ अफगानिस्तानका पूर्वराष्ट्रपति अमरुल्लास सलेहलगायत शक्तिशाली नेताहरु रहेका छन् ।

पन्चसिरका नेताहरु तालिवान मात्र नभई पाकिस्तानका कट्टर विरोधी हुन् । उनीहरुले अफगानिस्तानको अहिलेको अवस्था आउनुमा पाकिस्तान दोषी रहेको आरोप लगाउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्