Logo

एनआरएनएमा प्रधानमन्त्री पत्नीको अनावश्यक सक्रियता



काठमाडौं, भदौ २० । परराष्ट्र मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई गैरकानुनी रुपमा स्पष्टीकरण मागेको छ। प्रधानमन्त्री पत्नी आरजु राणाको निरन्तरको दबाबपछि गैरअवासीय नेपाली संघ ९एनआरएनए० जापानको अधिवेशनका विषयमा स्पष्टीकरण मागेको हो।

मन्त्रालयले भदौ १७ मा लेखेको पत्रमा जापानको दशौं अधिवेशनबारे ५ दिनभित्र जवाफ पठाउन आदेश दिइएको छ। जापानको अधिवेशनमा धाँधली भएको दाबी गर्दै जापानस्थित नेपाली राजदूतले लेखेको पत्रको आधारमा स्पष्टीकरण सोधिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा जापानको अधिवेशनबारे छानबिन समितिको प्रतिवेदन मन्त्रालयलाई भदौ १५ मा प्राप्त भएको उल्लेख छ।

स्पष्टीकरण पत्र काट्न प्रधानमन्त्री पत्नीका साथै जापानस्थित राजदूत प्रतिभा राणाको निरन्तरको दबाबपछि मन्त्रालय पत्र लेख्न बाध्य भएको स्रोतको भनाइ छ। टोकियो दूतावासले मन्त्रालयलाई लेखेको पत्रलाई मुख्य आधार मान्दै मन्त्रालयले जापानलगायत मुलुकमा प्रविधिको दुरुपयोग भएको विषयमा सत्यतथ्य बुझेर जवाफ दिन उल्लेख गरिएको छ।

एनआरएनएको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गर्दै राजदुत राणाले मन्त्रालयमा पटक पटक फोन गरेर एनआरएनए अन्तर्राष्ट्रिय परिषद्लाई स्पष्टीकरण सोध्नैपर्ने भन्दै दबाब दिएकी परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। गम्भीर प्रकृतीको विषय नभएसम्म एनआरएनएको आन्तरिक मामिलामा मन्त्रालयले चासो देखाउनु उचित नहुने ती अधिकारीको भनाइ छ।

कांग्रेस निकटहरुको लज्जास्पद पराजयपछि टोकियोस्थित दूतावास राष्ट्रिय परिषद जापानको निर्वाचन पुनः गराउने प्रयासमा छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्