Logo

सर्पजस्तै देखिने माछाको टाउकोमा टोक्दा एक व्यक्तिको ज्यान गयो



दाङ, भदौ २० । दाङमा अढैया जातको माछा दाँतले टोकेका एक व्यक्तिको मृत्यु भएको छ। प्रहरीका अनुसार लमही नगरपालिका १ सुनडबरीका ४९ वर्षीय खिमबहादुर घर्तीको मृत्यु भएको हो। शनिबार उनले बल्छी लगाएर तानेको अढैया जातको माछा मार्न आफ्नै दाँतले माछाको टाउकोमा टोकेका प्रहरीले बताएको छ।

त्यसपछि बेहोस भएका उनलाई लमही अस्पताल पुर्याउँदा चिकित्कसले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए। मृत्युको स्पष्ट कारण पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्