Logo

“तिमि त अचेल” लिएर आए लोकप्रिय गायक विश्वराम कार्की (भिडियो सहित)



काठमाडौं, २० भदौ । लोकप्रिय गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गीत “तिमि त अचेल” ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनि छन् ।

विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको “तिमि त अचेल” अहिले चर्चाको शिखर टेक्दै गरेको छ ।  विश्वराम कार्कीको शब्द रचना तथा संगीत रहेको यस गीतमा प्रमोद निर्वाणको एरेन्ज रहेको छ ।

हृतिक सिंह ठकुरीको छायांकन तथा निर्देशक अमृत सुनुवारको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल तथा गायक विश्वराम कार्की, लोकप्रिय मोडल निशा खालिङ र जिवन कार्कीको अभिनय रहेको छ । भिडियोलाई माधव बेलबासेले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस:

 



प्रतिक्रिया दिनुहोस्