Logo

शाओमी १ वर्षदेखि स्मार्टफोन कम्पनीको शिर्ष स्थानमा



नयाँ रिपोर्ट अनुसार २०२१ सालको दोस्रो त्रैमासिकमा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बन्न सफल

काठमाडौं, ११ भाद्र । ग्लोबल टेक्नोलोजी लीडर शाओमी बजार अनुसन्धान फर्म क्ष्म्ऋ को विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्र्याकरको दोस्रो त्रैमासिक २०२१ को प्रतिवेदनअनुसार नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको छ । २०२१ को दोस्रो त्रैमासिकमा ३८.९% को बजार शेयरको युनिट सिपमेन्टका साथ शाओमीले २०२०को तेस्रो त्रैमासिक देखि शीर्ष स्थान कायम गर्न सफल भएको हो ।

दोस्रो त्रैमासिक २०२१ को मोबाइल फोन ट्र्याकर अनुसार, शाओमीले बजारमा सामसुङ्ग, भीभो र टेक्नोको संयुक्तले भन्दा धेरै शेयर ओगटेको छ । २०२१ को दोस्रो त्रैमासिकमा शीर्ष सात स्मार्टफोन मध्ये शाओमी कम्पनीको ६ वटा स्मार्टफोन रहेको थियो

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने ,“हामी क्ष्म्ऋ अनुसार लगातार ४ क्वार्टरमा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी हुन पाउँदा अत्यन्तै हर्षित छौ । हामी हाम्रा मी प्रशंसकहरुबाट प्राप्त भएको माया र समर्थनको लागि आभारी छौंँ र हामीले भविष्यमा आप्mनोे लागी कायम गरेका सबै स्वर्ण लक्ष्यहरु पूरा गर्नको लागी निरन्तर प्रयास र आशा राखिराखेका छौ ।”

मी ११, मी ११ एक्स प्रो, रेड मी के २० सिरिज, पोको एफ ३ आदि जस्ता मूल्य क्षेत्रहरुमा धेरै उत्पादनहरुको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । आज नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा २०००+ भन्दा धेरै अफलाइन पार्टनर स्टोर र ६००+ मी प्रिफर्ड पार्टनर स्टोरहरुलाई स्थापित गरेको छ ।

कम्पनीको हाल नेपालको विभिन्न स्थानहरुमा एक बलियो वितरण नेटवर्क रहेको छ । उनीहरुले विशेष अधिकृत सेवा केन्द्रहरुको साथ साथै नेपालमा ग्राहकको आवश्यकताहरुलाई पूरा गर्नको लागी एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सेवा संँगै बजारमा आफ्नो स्थिति बलियो बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्