Logo

विश्वकप छनोट : मोन्टिनेगरोविरुद्ध नेदरल्याण्डको शानदार जीत



काठमाडौं, २० भदौ । विश्वकप छनोट अन्तरगत मोन्टिनेगरोविरुद्ध नेदरल्याण्डले शानदार जीत हासिल गरेको छ । शनिबार भएको खेलमा मेम्फिस डिपेको दुई गोलको मद्दतले नेदरल्याण्ड ४–० गोलले विजयी बनेका हो ।

बार्सिलोनाका फरवार्डले खेलको पहिलो हाफमा पेनाल्टीबाट नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले नै टोलीको अग्रता दोब्बर बनाए । पछिल्ला ९ खेलमा उनले टोलीका लागि ९ गोल गरेका छन् । टोलीका लागि उनको ३० औँ गोल थियो ।

खेलको ७० औँ मिनेटमा जर्जिनियो विजनाल्डमले अर्को गोल थपेका थिए । त्यसपछि कोडी गाक्पोले सुन्दर गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । जीतसँगै नेदरल्याण्ड समूह जीको दोस्रो स्थानमा उक्लिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्