Logo

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज



काठमाडौं, २० भदौ । आज नेपाली र भारतीय फुटबल टीमबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । खेल दशरथ रंगशालामा साढे ५ बजेबाट सुरु हुनेछ । साफ च्याम्पियनसिप तयारीको लागि दुवै टिम मैत्रीपूर्ण खेल खेली रहेका छन् । नेपाल पनि विगत दुई महिना देखि साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । त्यही तयारीका स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरेको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोलको बराबरीमा रोकिएको थियो ।

दोस्रो खेलअघि शनिबार नेपाली टिमले एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रशिक्षण गरेको थियो । दिउँसो भद्रकालीस्थित आर्मी हेडक्वाटरमा प्रशिक्षण गरेको भारतीय फुटबल संघले जनाएको छ । संघले दोस्रो खेलमा अझ राम्रो प्रदर्शन गर्ने समेत जनाएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो ।-Photo Source: ANFA/Facebook



प्रतिक्रिया दिनुहोस्