Logo

सानिमा बैंकको तिज विशेष योजना सार्वजनिक



काठमाडौं, २० भदौ । आफ्ना ग्राहकहरुको लागि सानिमा बैंकले तिज विशेष योजना सार्वजनिक गरेको छ । हिन्दु नारीहरुको महान चाडको रुपमा हरितालिका तीज नजिकिँदै गर्दा बैंकले यो योजना ल्याएको हो ।

बैंकको अनुसार यस योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसका साथै पहिलो एइक् कारोबारमा १० प्रतिशत छुट र ५०० सम्मको क्यास ब्याक प्रदान बैंकले जनाएको छ । यसका अतिरिक्त ५०० सय रुपैयाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गर्ने बैंकले जनाएको छ । यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्नु हुने महिला ग्राहकवर्गहरुका लागि उपलब्ध हुनेछ ।



प्रतिक्रिया दिनुहोस्