Logo

पञ्चशीरमा ६ सय तालिवान लडाकु मारिएको दाबी



एजन्सी, २० भदौ । पञ्चशीरमा नियन्त्रण बनाइरहेको तालिवान विरोधी फौज अग्ला पहाडहरुबाट उक्त उपत्यकाको रक्षा गरिरहेको छ । पछिल्लो भीडन्तमा ६ सय तालिवानी लडाकु मारिएको बताइएको छ । शनिवार भएको भिडन्तमा ६ सय तालिवानी लडाकु मारिएको पञ्चशीर फोर्सका प्रवक्ता फहिम दास्टीले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका हुन् ।

उनले ट्वीटरमा लेखेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘पञ्चशीरको विभिन्न क्षेत्रमा ६ सय तालिवानीको मृत्यु भएको छ । र, एक हजार भन्दा बढी लडाकुहरुलाई नियन्त्रणमा लिएका छौँ ।’

त्यसैगरी तालिवानका प्रवक्ता विलाल करिमीले ट्वीटरमार्फत पञ्चशीरको चारवटा जिल्ला अफूहरुले नियन्त्रण गरिसकेको जनाएका थिए । तर, पञ्चशीरका फोर्सले उक्त विषयमा कुनै तथ्य नरहेको जनाइसकेको छ । त्यहाँ तालिवानको हार भएको अन्तर्राष्ट्रिय माध्यमहरुले जनाएका छन् । तालिवानले अगस्त १५ मा अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ आउँदो दिनमा कस्तो प्रभाव पर्ने बारे चासोको विषय रहेको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्