Logo

‘टाइगर ३’ को सुटिङको लागि सलमान र क्याट्रिना टर्की पुगे



एजेन्सी, २० भदौ । बलिउडका सुपरस्टार सलमान खान र क्याट्रिना कैफ चाडै नै आफ्नो सुपरहिट फिल्म फैचाइजी टाइगरको अर्को भाग ‘टाइगर ३’ मा देखिदै छन् । सलमान र क्याट्रिना हाल सोही फिल्म सुटिङको लागि टर्की पुगेर काम सुरु गरिसकेका छन् ।

फिल्म सुटिङको क्रममा द्धय कलाकार सहित फिल्मको टिमले टर्कीका संस्कृति तथा पर्यटनमन्त्री मेहमत नुरी इरसायसँग भेट गरेका छन् । जुन तस्विर सलमान र क्याट्रिनाले सामाजिक सञ्जालमा शेयर गरेका छन् । टर्कीका मन्त्री इरसायले पनि भारतीय बलिउड कलाकारहरुसँगको भेटको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

तस्विर शेयर गर्दै मन्त्री इरसायले लेखेका छन्,‘बलिउडका चर्चित सुपरस्टार सलमान खान र क्याट्रिना कैफसँग आज । उहाँहरु फिल्मको सुटिङको लागि हाम्रो देश आउनुभएको छ ।’ तस्विरमा सलमानले कालो शुट र क्याट्रिनाले बेज टप र कालो पेन्ट लगाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्