Logo

सिद्धार्थ शुक्लाको निधनपछि फ्यान कोमामा, उपचार हुँदै



एजेन्सी, २० भदौ । ४० वर्षको उमेरमा बिगबोस १३ का विजेता सिद्धार्थ शुक्लाको बुधबार बिहान अचानक निधन भएको छ । उनको ह्दयघातको कारण अस्पतालमा निधन भएको हो । उनको निधनमा परिवार तथा साथीहरु गहिरो चिन्तामा परेका छन् ।

तर, सिद्धार्थको मृत्युको खबर सुनेर एक फ्यान कोमामा पुगेको खबर बाहिर आएको छ । अस्पतालको डाक्टरले नै ट्विट गरेर जानकारी दिएका हुन् । डाक्टर जयेश ठाकरको अनुसार सिद्धार्थको मृत्युको खबर सुनेपछि उनी बाथरुममा बेहोस भएकी थिइन् । उनको हाल अस्पतालमा उपचार भैरहेको छ । उनको स्थिति धेरै नाजुक रहेको डाक्टरले बताएका छन् । सिद्धार्थको मित्र तथा डाक्टर ठाकरले अस्पतालमा भर्ना भएका फ्यानको तस्विर शेयर गरेका हुन् । उनले प्रशंसकहरुलाई एक्लै नबस्न र परिवारका सदस्यहरुसँग कुराकानी गर्न अनुरोध गरीरहेका छन् ।

डाक्टरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथीहरु, तपाइँहरु परिवार र साथीहरुसंग कुरा गर्नुहोस्। एक्लै नहुनुहोस् सिद्धार्थको एक फ्यानलाई हिजो राती अस्पताल भर्ना गर्नु परेको छ । सिद्धार्थको मृत्युको खबरले उनी बाथरुममा बेहोस भएकी हुन् । कृपया आफ्नो ख्याल राख्नुहोस् उहाँको लागि प्रार्थना गर्नुहोस् ।’

सिद्धार्थ शुक्लाले एक मोडेलको रूपमा आफ्नो क्यारियर शुरू गरेका थिए । उनी सिरियल ‘बाबुल का आंगन छोटे ना को’ बाट सानो पर्दामा प्रवेश गरेका थिए । पछि उनी जान आजना से … ये अजनबी, लव यू जिन्दगी जस्ता धारावाहिकहरुमा काम गर्दै आएका हुन् । तर, उनले ‘बालिका वधु’ मार्फत छुट्टै पहिचान बनाएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्