Logo

बीमा कम्पनीले मृत्यु प्रमाणपत्र मागेपछि शवसहित पुग्यो परिवार



एजेन्सी, २० भदौ । प्राय बीमा भविस्य सुरक्षित गर्नको लागि गरिन्छ ।  बुढेसकाल वा आपतविपदमा समस्या नपरोस् भनेर पछिको लागि बीमा गरिन्छ । तर, दक्षिण अफ्रिकामा आश्चर्य लाग्दो घटना बाहिर आएको छ ।

एक व्यक्तिको मृत्यु भएपछि दाबी गर्न गएका परिवारलाई इन्स्योरेन्स कम्पनीले मृत्यु भएको प्रमाण खोजेपछि परिवारले आफन्तको शवसहित कम्पनीमा पेश गर्न परेको हो ।

वास्तवमा कम्पनीले मृतकको प्रमाणपत्र मागेपछि परिवारले शव बोकेर इन्स्योरेन्सको कार्यालय पुगेका हुन् । ४६ वर्षीय सिफिसो जस्टिस म्हेल्गोको ७ नोभेम्बरमा मृत्यु भएको हो । उनको मृत्युभए पछि परिवार बीमा लिन कम्पनीमा पुगेको थियो । तर, कम्पनीले विश्वास गरेन् ।
परिवारले म्हेल्गोको मृत्यु भएको वास्तविक जानकारी दिएपनि कम्पनीले विश्वास नगरेपछि वाध्य भएर शव बोकेर कम्पनी पुग्न परेको हो ।



प्रतिक्रिया दिनुहोस्