Logo

मोदीको पुत्ला दहन गरेकोमा गृहको आपत्ती(विज्ञप्तिसहित)



काठमाडौँ, २० भदौ । नेपालमा पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन जस्ता गतिविधि हुनथालेपछि सरकारले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । यस्ता गतिविधिले दुई देशको सम्बन्धमा समेत असर पर्न सक्ने भन्दै गम्भीरता देखाएको छ ।

विभिन्न विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेपछि गृह मन्त्रालयले आपत्ती जनाएको हो ।

आइतबार गृह मन्त्रालयले गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल सरकार सबै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ। मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ।’ दार्चुलामा तुइन घटनाबारे सरकारले छिमेकी मुलुकसँग कुटनीतिक माध्यमबाट समाधान गर्ने बताइएको छ।

‘मित्र राष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको विदितै छ। भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिनेछ,’ गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 



प्रतिक्रिया दिनुहोस्