Logo

मृत्युको मुखमा पगुेका बिरामीलाई डाक्टरले रक्सि खुवाएर बचाए



एजेन्सी, २० भदौ । अहिलेसम्म सुन्दै आएका छौ, अल्कोहल पिउनु स्वाथ्यको लागि हानिकारक हो । अल्कोहल पिउदाँ शरीरमा लीवरसहित धेरै प्रकारका रोग लाग्छन् ।

तर, भियतनाममा भने एउटा डाक्टरहरुको टिमले बिरामीलाई अल्कोहल पिलाएर ज्यान बचाएका छन् । मर्न लागेको बिरामीलाई डाक्टरहरुले बियर पिलाएका हुन् । एकजना बिरामीलाई बचाउन डाक्टरहरुले १५ क्यान बियर पिलाएका हुन् ।

वास्तवमा गुयेन वैट हाट नामका ४८ वर्षीय व्यक्ति अल्कोहल प्वाइजनिंगको बिरामी थिए । उनलाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । डाक्टरहरुले गर्ने सबै उपचारको विधि प्रयोग गरीसकेपछि पनि उनको होस् नआएपछि अल्कोहल पिलाएका हुन् । डाक्टरहरुले उनलाई बचाउन सफल भएपछि बियरले मानिसको ज्यान बचाउने पनि प्रमाणित भएको छ ।

बियरमा इथेनाल पाइन्छ । इथेनालले मेथेनाललाई कम गर्छ । बीयरबाट लिवरपनि सफा हुन्छ र यसबाट इन्फेक्सन पनि कम हुन्छ । एक–एक घन्टाको बिचमा बीयरको क्यान पम्प गर्दै गुयेन वैट हाटको उपचार सम्भव भएको हो । १५ क्यान बीयर पम्प गरेपछि उनको होस आएको हो ।

उनको उपचारमा सम्लग्न चिकित्सकको अनुसार बिरामीको रगतमा मेथनाल मिथाइल अल्कोहलको स्तर निर्धारित सीमाबाट १.११९ गुना धेरै थियो । यसले फार्मिक एसिड उत्पादन गर्न गर्छ र रोगीलाई चक्कर लाग्छ । आश्चार्य लाग्दो यस्तो विधिबाट डाक्टरहरुले गोयनको ज्यान बचाएका छन् । युयेन अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्