Logo

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ



मोरङ, २० भदौ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी सुनवर्षी नगरपालिका ५ टकुवा बस्ने ३२ वर्षीय दिपक दास शुक्रबार पक्राउ परेका हुन्।

जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका दासलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनलाई जिल्ला अदालत मोरङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय विराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot