Logo

प्रदीप पौडेलले पनि महामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै



काठमाडौं, २० भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिने भएका छन् । पौडेलले देशभरका युवाहरुको आग्रहमा महामन्त्री पदमा उम्मेद्वारी दिन लागेको बताउदै आएका छन् ।

उनी पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहबाट उम्मेद्वारी घोषणा गर्ने तयारीमा छन् । पौडेलले ७७ वटै जिल्ला जिल्लाको क्रियाशिल सदस्यहरुको नामावली पार्टीले सार्वजनिक गरेपछि आधिकारिक रुपमा उम्मेद्वारी घोषणा गर्ने भएका छन् ।

हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावलीमात्रै सार्वजनिक गरेको छ भने अझै २१ जिल्लाको सदस्यताको सुची सार्वजनिक गर्न बाँकी छ । यसअघि भदौ १४ गते केन्द्रीय सदस्य गगन कुमार थापाले महामन्त्री पदमा उम्मेदुवारी घोषणा गरिसेकेका छन् । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले पनि विपीको जन्म जयन्तीको अवसरमा महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्दैछन् ।

 



प्रतिक्रिया दिनुहोस्