Logo

४० मिनेट बन्द पछि सुचारु भएको नेप्से १०८ अंकले घट्यो



काठमाडौँ, २० भदौ । उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो ।

नेप्सेको अनुसार कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो । नेप्से १४७.३१ बिन्दुले अर्थात् ५.०३ बिन्दुले ओरोलो लागेर दुई हजार ७७९.६८ मा रोकिएको थियो ।

नेप्से आज कारोबारको अन्त्यमा १०८ दशमलव २६ अंकले घटेर २८ सय १८ दशमलव ७२ विन्दुमा थामिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १९ दशमलव ७६ अंकले घटेर ५ सय २२ दशमलव १ विन्दुमा रोकिएको हो ।

आज २२३ कम्पनीको १ लाख २९ हजार १ सय ४२ पटक कारोबार भएर ११ अर्ब २४ करोड ३९ लाख १ हजार ४५ रुपैयाँ बराबरको २ करोड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्