Logo

सुर्य चिन्हबाट जितेका हृदयश त्रिपाठी स्वतन्त्र सांसदको सूचीमा



काठमाडौं, २० भदौ । पूर्वमन्त्री हृदयश त्रिपाठी सुर्य चिन्हबाट नवलपरासी क्षेत्र नं ६ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । २०७४ को आमनिर्वाचनमा एमालेको चुनाव चिन्हबाट चुनाव लडेपनि उनले स्वतन्त्र समूहका रुपमा आफूलाई उभ्याएका थिए ।

प्रतिनिधि सभामा उनको विगतमा नेकपा एमालेको सूचीमा नाम राखिएको थियो । तर, अहिले उनलाई स्वतन्त्र सांसदको सूचीमा राखिएको छ ।

त्रिपाठी नेकपा र एमाले नेतृत्वको सरकारमा मन्त्री समेत थिए । उनी केही समय स्वास्थ्यमन्त्री समेत बने ।

यसैगरी, स्वतन्त्र उम्मदेवारका रुपमा चुनाव लडेर छक्क पारेका छक्कबहादुर लामो नाम पनि स्वतन्त्र सांसदको सूचीमा छ । उनी विगतमा माओवादीमा थिए । अहिले पनि उनी माओवादीसँग नजिक छन् ।

त्रिपाठीसँगै स्वतन्त्र समूह बनाएर नेकपा एमालेको सुर्य चिन्हबाट चुनाव लडेर जितेका कपिलवस्तुका वृजेशकुमार गुप्ता भने सोही पार्टीकै निर्वाचित सांसदको सूचीमा राखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्