Logo

थप ३ सांसदले नेकपा एस रोजेपछि सुदूरपश्चिममा एमाले तेस्रो



धनगढी, २० भदौ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले तेस्रो ठूलो दलमा खुम्चिएको छ । यसअघि पहिलो ठूलो दल रहेको नेकपा एमाले विभाजनपछि बहुमत सांसद नेकपा एसमा प्रवेश गरेपछि तेस्रो स्थानमा झरेको हो ।

नेकपा एमालेमा यसअघि २५ सांसद रहेकोमा कुल १३ जना नेकपा एस रोज्न पुगेका छन् । यसअघि १० जनाले नेकपा एस रोजेकोमा आज ३ जना थपिएका छन् । आज थपिएकामा दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावल छन् ।

यसअघि पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, कुलवीर चौधरी, सुशिला बुढाथोकी, दुर्गा कामी र माया भट्टले नेकपा एस रोजेका थिए ।

सुदूरपश्चिममा अब नेकपा एमालेको भन्दा नेकपा एसको १ सांसद बढी भएका छन् । नेकपा एसको १३ र नेकपा एमालेको १२ सांसद छन् । नेकपा माओवादी केन्द्रको १३ सांसद छन् ।

५३ जना सांसद संख्या रहेको सुदूरपश्चिममा नेपाली काँग्रेसको नेकपा एमाले बराबरको १२ सांसद संख्या छ ।



प्रतिक्रिया दिनुहोस्