Logo

अफगानिस्तान मामलामा छलफलका लागि जी सेभेनले दियो रुस र चीनलाई निम्तो



एजेन्सी, २० भदौ । अफगानिस्तान मामलामा छलफल गर्न अगामी हप्ता हुने जी सेभेनको बैठकमा रुस र चीनलाई समेत निमन्त्रणा दिइएको छ । जापानी विदेशमन्त्री टोसिमिट्सु मोटेगीले आइतबार जापानी टेलिभिजनसितको कुराकानीमा यसबारे जानकारी दिएका हुन् ।

रुसी समाचार एजेन्सी तासले लेखेको छ,‘अफगानिस्तानको मामलाबारे छलफल गर्न हामीले अगामी हप्ता जी ७ को बैठक राखेको छौँ । बैठकमा चीन, रुस र अन्य देशको समेत उपस्थिती हुनेछ ।’

बैठकमा अफगानिस्तान मामलामा छलफल हुने र चीन, रुसको प्रतिनिधिहरुको मुख्य भुमिका हुने समेत उनले बताएका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्