Logo

गोरखामा नेकपा (एकिकृत समाजबादी)को पार्टी कार्यालय स्थापना, सचिवालयमा को–को ?



गोरखा, २० भदौ । नेकपा एमालेसंग औपचारीक रुपमा छुट्टीए पछि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) गोरखाले आज कार्यालय स्थापना गरेको छ ।

गोरखा नगरपालिका ८ को प्रतिक्षालय चोकमा एकिकृत समाजबादीले शनिबार कार्यालय स्थापना गरेको जिल्ला अध्यक्ष यादव बस्नेतले जानकारी दिए । नेकपा (एकिकृत समाजबादी)को सबै काम अब सोही स्थानबाट हुने अध्यक्ष यादवले बताए ।

सचिवालय सदस्यमा ३५ जनाको नाम सार्वजानिक गरिएको छ । कार्यालय स्थापनासंगै सचिवालय सदस्यहरुमा ३५ जनालाई चयन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । पार्टीको विभिन्न तहमा छलफल गरेर ३५ जनाको नाम चयन गरिएको नेकपा एकिकृत समाजबादीले जनाएको छ ।

को को छन् त सचिवालय सदस्यमा ?
अध्यक्ष : यादवबहादुर बस्नेत
उपाध्यक्ष : टेकराज भट्ट
सचिव : सानुमायाँ बस्नेत
उप सचिव : नारायणध्वज खड्का

सचिवालय पदाधिकारीहरुमा
१) कृण्णमान श्रेष्ठ
२) द्रोण तिमिल्सिना
३) अर्मत काराखेती
४) सिताराम बुढाथोकी
५) तिलक बानियाँ
६) कल्पना कुँवर
७) प्रदिप सिं क्षेत्री
८) आर नेपाली
९ ईश्वरी भट्ट
१०) उदय शिंखडा
११) पदम राना
१२) दलबहादुर भट्ट
१३) रामबहादुर रम्तेल
१४) सुवास देवकोटा
१५) उत्तम पन्त
१६) भीम बोगटी
१७ चित्रबहादुर केसी
१८) सुरेश अंगाई
१९) सुनिल लामिछाने
२०) कबिता अर्याल
२१) भोला श्रेष्ठ
२२) रज्मदिन मियाँ
२३) प्रेमराज कट्टेल
२४) टंक सारु
२५) साने गुरुङ
२६) कपिल घले
२७) पार्वती थापामगर
२८) कल्पना नेपाली
२९) कमल बोगटी
३०) रेखा लोप्चाङ
३१) शुष्मा कट्टेल



प्रतिक्रिया दिनुहोस्