Logo

एमसीसीमा देउवाको जोड; प्रचण्ड, नेपाल र यादवको पनि साथ हुने



काठमाडौं, २० भदौ । सरकारले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई कार्यान्वयनका लागि संसदबाट पारित गर्न प्रक्रिया बढाउँदै छ । प्रतिनिधि सभाको २३ भदौका लागि आव्हान गरिएको बैठक एमसीसी पारित गर्ने उद्देश्ये भएको चर्चा चलिसकेको छ ।

एमसीसीका अधिकारीहरु नेपाल भ्रमणमा आउँदैछन् । सरकारले एमसीसीका कतिपय बुँदाबारे संशोधनको प्रयास पनि थालेका छन् । यो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको माग पनि हो ।

एमसीसी संशोधनको प्रचण्ड र माधव नेपालको माग समेतलाई सम्बोधन गरेर पारितका लागि अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयास थालेका हुन् । उनी एमसीसी पारित गर्ने पक्षमा थिए । देउवाकै पालामा एमसीसी सम्झौता भएको थियो । उनकै पालामा कार्यान्वयनको पहल चलेको छ ।

सत्ता गठबन्धनका मुख्य घटकहरुलाई एमसीसीमा सहमतिमा ल्याउने प्रयास समेत चलेको छ । एमसीसीमा गठबन्धनभित्र सहमति होस् भन्ने चाहना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक रुपमै बोलेर गरिसकेका छन् ।

एमसीसीको विरोधमा प्रचण्ड र माधव नेपालले पनि बोलेका छैनन् । पछिल्लो समयमा उनीहरुको एमसीसीप्रतिको लचकता मानिएको छ । माधव नेपालले संशोधनसहित पारित गर्न सकिने बताएका छन् । यसबाट गठबन्धनका केही घटकको माग सम्बोधन गरेर सशोधनको प्रयास चलेको छ ।

एमसीसीबारे देउवा, प्रचण्ड र माधव नेपालबीच एक खालको सहमति भइसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्