Logo

कामना बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता



काठमाडौं, २१ भदौ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र कामना सेवा विकास बैंक लि. बीच भाद्र २० गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्