Logo

ब्राजिल र अर्जेन्टिनाबीचको खेलको पाँचौं मिनेटमा स्वास्थ्य अधिकारी मैदान प्रवेश गरेपछि…



काठमाडौं, २१ भदौ । ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट फुटबलको खेल स्थगित भएको छ । सोमबार बिहान ब्रजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भइरहेको थियो खेलको पाँचौं मिनेटमा अचानक खेल स्थगित भएको हो ।

ब्रजिलका स्वास्थ्य अधिकारीहरुले अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिन नियम तोडेको आरोप लगाउँदै मैदानमै प्रवेश गरेपछि खेल स्थगित गरिएको थियो । उनीहरु मैदान प्रवेश गरेर खेलाडीहरुलाई समाउन पुगेका थिए ।

घटनापछि रेफ्रीले खेल रोकेका थिए । ब्रजिलले इङ्गल्याण्डबाट आउनेलाई १४ दिनको क्वारेन्टिन अनिवार्य गरेको छ । तर, खेलाडीहरु इङ्गलिश प्रिमियर लिगमा सहभागीता जनाएर इङ्गल्याण्डबाट सिधै ब्राजिल पुगेका थिए ।

खेलाडीको नाम गोप्य राखिए पनि अर्जेन्टिनाको टिममा रहेका एमिलियानो मार्टिनेज र एमिलियानो बुएन्डिया एस्टन भिल्लाबाट खेल्छन् । त्यस्तै क्रिस्टियन रोमेरो र जिओभानी लो सेल्सो टोटनह्याम हट्सपरबाट खेल्दै आएका छन् ।

फिफाले रोकिएको खेल पछि गरिने जनाएको छ । स्थगित खेलको नयाँ मिति भने तोकीएको छैन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्