Logo

विश्वकप छनोट : जर्जिया माथि स्पेनको शानदार जित



काठमाडौं, २१ भदौ । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको घरेलु मैदानमा भएको खेलमा जोसे गयाले १४ औं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यस्तै खेलको २५ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दा स्पेन २–० को अवस्थामा पुगेको थियो ।

खेलको ४३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३–० को अग्रता दिलाए । साथै, खेलको ६३ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई ४–० को जित दिलाए ।यो खेल सँगै स्पेन ५ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्