Logo

विश्वकप छनोट अन्तर्गतको खेलमा जर्मनीको फराकिलो जित



काठमाडौं, २१ भदौ । फिफा विश्वकप छनोट अन्तर्गत जर्मनीले फराकिलो जित निकालेको छ ।आइतबार राति भएको खेलमा जर्मनीले अर्मेनियालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीको घरेलु मैदानमा भएको खेलमा सर्जी जिनाब्रीले दुई गोल गरे । खेलको छैटौं मिनेटमा जिनाब्रीले गोलगर्दा जर्मनीले एक गोलको अग्रता बनाएको थियो ।

लगतै १५ औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।खेलको ३५ औं मिनेटमा रिउसले गोल गर्दा जर्मनी ३–० को अवस्थामा पुग्यो । त्यस्तै, ४५ औं मिनेटमा वेर्नेरले गोल गर्दा जर्मनीले ४–० को अग्रता बनायो ।खेलको ५२ औं मिनेटमा जोनासले गोल गर्दा टिमको अग्रता ५–०को बन्यो साथै इन्जुरी समयमा करिमले गोल गर्दै जर्मनीलाई ६–० को शानदार जित दिलाए । जितसँगै जर्मनीले ५ खेलमा १२ अंक जोड्दै समूह जे को शीर्ष स्थानमा उक्लिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्