Logo

सिआईबीको ईन्सपेक्टर हुँ भन्दै धम्क्याउँदै हिँड्दा…



बाँके, २१ भदौ । आफू सिआईबीको ईन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिआईबीको ईन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँडेको अभियोगमा सल्यान दार्माकोट गाउँपालिका २ का ३२ वर्षीय दिपेन्द्र रोकाय शनिबार राति पक्राउ परेका हुन् ।

रोकायाले होटल तथा पसलहरूमा धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्