Logo

पञ्चशीरलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएका छौँ : तालिवान



एजेन्सी, २१ भदौ । अफगानिस्तानको पञ्चशीर प्रान्त आफ्नो नियन्त्रणमा भएको तालिवानले दाबी गरेको छ । तालिवानका प्रवक्ता जबिबुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार जानकारी दिएका हुन् ।

उनको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘शक्तिशाली पञ्चशीर प्रान्तमाथि पूर्ण नियन्त्रण गर्न सफल भएका छौँ । केही लडाकुहरुलाई पाराति गरेका छौँ भने केही भाग्न सफल भएका छन् ।’ पूर्ण रुपमा नियन्त्रण गरेपछि तालिवानले त्यहाँका स्थानियलाई कुनै पूकारको भेदभाव नगरिने विषयमा आश्वासन समेत दिएका छन् ।

तालिवानले पञ्चशीर प्रान्तको गर्भनर कार्यलयमा आफ्नो झण्डा फहराएको समेत जनाएको छ । द्धन्द्धमा दुवै तर्फका हाई र्याङक कमान्डर मारिएका छन् । तालिवानले मारिएको विषयबारे पुष्टि गरिसकेको छैन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्