Logo

कप्तान बेलको ह्याट्रिकमा वेल्सको रोमान्चक जित



काठमाडौं, २१ भदौ । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा कप्तान ग्यारेथ बेलको ह्याट्रिकमा वेल्सले बेलारुसमाथि रोमान्चक जित निकालेको छ ।आइतबार भएको खेलमा वेल्सले बेलारुसविरुद्ध ३–२ को रोमान्चक जित निकालेको हो । बेलारुसको घरेलु मैदानमा भएको खेलको सातौं मिनेटमा बेलले पेनाल्टीमार्फत गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए ।

तर, खेलको २९ औं मिनेटमा भिटली लिसाकोभिचले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा फर्काएको थियो । खेलको ३१ औं मिनेटमा पाभेल सेडकोले गोल गरेपछि घरेलु टिम बेलारुस २–१ को अवस्थामा पुगेको थियो ।

तर, खेलको ६९ औं मिनेटमा बेलले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै वेल्सलाई २–२ को बराबरीमा ल्याएका थिए ।त्यसपछि खेलको इन्जुरी समयमा बेलले ह्याट्रिक पूरा गर्दै वेल्सलाई ३–२ को रोमान्चक जित दिलाएका हुन् ।जितसँगै वेल्सले ३ खेलमा ६ अंक जोड्दै समूह ‘ई’को तेस्रो स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्