Logo

भैसीको मृत्युभएपछि युवकले गरे श्रद्धान्जली सभाको आयोजना



एजेन्सी, २१ भदौ । मानिसको मृत्यु हुँदा आफन्त र परिवारजनले दिवंगत आत्माको शान्तिको लागि श्रद्धान्जली सभाको आयोजना गरेको देखेका छौ । तर भारतको उत्तर प्रदेशको एक व्यक्तिले आफुले पालेको भैसीको मृत्युमा पनि श्रद्धान्जली सभाको आयोजना गरेका छन् ।

श्रद्धान्जली सभामा परिवार मात्र नभएर पुरै गाउँका मानिसहरु उपस्थित भएका थिए । श्रद्धान्जली सभामा उपस्थित व्यक्तिहरुलाई भोजको पनि व्यवस्था गरिएको थियो । मेरठका शकिस्त गाउँमा बस्ने सुभासको भैसीप्रति निकै लगाव थियो । भैसीलाई उनले ३२ वर्ष पालेका थिए । उनले भैसीलाई जनावर जस्तो नगरी घरको सदस्यको रुपमा मान्दै आएका थिए । तर, पछिल्लो केही वर्ष देखि भैसीले दुध दिन छाडेको थियो । भैसी पनि बिरामी थियो ।

सुभासले बच्चैदेखि भैसीलाई पालेको हुनाले भैसीबाट टाढा हुन चाहन्नथे । धेरै पैसा खर्च गरेर भैसीको उपचार पनि उनले गरेका थिए । तर, भैसीलाई भने बचाउन सकेनन् । अन्तत भैसीको मृत्यु भयो । भैसीको मृत्युपछि सुभाष र उनका परिवारले प्रिय जनावरको अन्तिम विदाईको लागि श्रद्धान्जली सभाको आयोजना गरेका हुन् । भैसीको मृत शरीरमा गाउँघरका मानिसहरुले पनि माला र फुल चढाएर ढोल बजाएर अन्तिम बिदाई गरेका थिए ।  सबैलाई भोज समेत खुवाएका थिए ।



प्रतिक्रिया दिनुहोस्