Logo

नेपालमा डब्लुएचओको क्षेत्रीय बैठक आजबाट सुरु



काठमाडौँ, २१ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा आजबाट सुरु भएको भएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको ७४ औं सत्र भर्चुअल माध्यमबाट आयोजना गरिएको हो । अध्यक्षताको जिम्मेबारी नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वहन गरेको छ।

आज दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरू (Bangladesh, Bhutan, DPR Korea, India, Indonesia, Maldives, Myanmar, Nepal, Sri Lanka, Thailand and Timor-Leste) स्वास्थ्य मन्त्रीहरू, विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका बरिष्ठ स्वास्थ्य अधिकारीहरू लगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरू, विकास साझेदारहरू, दात्री निकाय तथा नागरिकसमाजका प्रतिनिधिहरूको उपस्थितिमा यस सत्रको शुभारम्भ भएको छ।

बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ ।

यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ । बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।

दक्षिण–पूर्वी एशिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्याण्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्