Logo

नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक (फोटोफिचर)



काठमाडौ, २१ भदौ । नारायणहिटी दरबार संग्रहालयमा आज सुनौलो बग्गी सार्वजनिक गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले बग्गी सार्वजनिक गरेका हुन् । उक्त बग्गी बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएकी थिइन् ।

नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषनारायण दाहालका अनुसार सो बग्गी तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो । कार्यक्रममा दिइएको जानकारीअनुसार यस्तै खालको अर्को बग्गी बकिंघम दरबारमा छ । जुन महारानी एलिजावेथ चढ्ने गर्छिन् ।

तस्विर ः मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्