Logo

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयता प्रमुख काबुलमा



२१ भदौ: संयुक्त राष्ट्रसङ्घीय महासचिवले तालिवानसँग वार्ता गर्नका लागि एक अधिकारी अफगानिस्तानको राजधानी काबुल पठाएका छन् । उनले संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखलाई सो वार्ताका लागि काबुल पठाएका हुन् । महासचिव एन्टोनियो गुटर्रेसले मार्टिन ग्रिफिथलाई काबुल पठाएका हुन्।

आइतबार उनले संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव ग्रिफिथलाई काबुल पठाएका हुन् । उनले काबुलमा रहँदा तालिवानका नेताहरुसँग छलफल र परामर्श गर्ने भएको हो । संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेसको विशेष अनुरोधमा आइतबार ग्रिफिथ काबुल आएका हुन् र उनले आइतबार नै तालिबानका केही नेतासँग भेटवार्ता गरेका छन्– महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर जनाएका छन् ।

उपमहासचिव ग्रिफिथले काबुलमा रहँदा त्यहाँको आवश्यक सहयाताका विषयमा तालिबान नेताहरुसँग भेटवार्ता गरेका छन् ।

त्यसअवसरमा उपमहासचिव ग्रिफिथले त्यहाँका तालिवान अधिकारीहरुले मानवीय सहायताको वितरणका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा ध्यान दिन आग्रह गरेका थिए । देशमा मानवीय सहायताको वितरण जस्तो संवेदनशील कार्यमा महिलाहरुको ठूलो भूमिका रहने भन्दै यसका लागि तालिवान सरकारले महिलाको अधिकारको सम्मान गर्नुपर्नेमा पनि उनले तालिवान नेताहरुलाई आग्रह गरेका थिए ।

त्यसअवसरमा तालिवानका नेताहरुले मानवीय सहायता वितरणका साथै अरु पनि कार्यमा अफगानिस्तानमा सुरक्षा प्रदान गरिने आवश्वासन दिएका थिए । उनीहरुले मानवीय सहायता वितरणमात्र नभएर अरु पनि मानव अधिकार र महिलाको अधिकारका क्षेत्रमा तालिवानहरु सजग रहेको बताएका थिए ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्