Logo

चीनसँगको सीमा विवादबारे अध्ययन समिति बनाउँदा नेपालका कम्युनिष्ट पार्टीले विरोध गर्नुको कुनै कारण छैन् : विजयकान्त कर्ण (भिडिओसहित)



काठमाडौं, २१ भदौ । कुटनीतिज्ञ विजयकान्त कर्णले नेपाल सरकारले बनाएको चीनसँगको सीमा विवादबारे छानविन गर्न सरकारले बनाएको समिति अकुटनीतिक र अराजनितिक नभएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनबाट हिजो राति प्रसारण भएको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चीन र नेपालको बिचमा भएको सन्धी र सम्झौताको ज्ञान नभएकाहरुले यसको बिरोध गरेको आरोप लगाएका छन् । उनले भने, ‘जीवनबहादुर शाहीको टोलीले ल्याएको रिपोर्ट प्रधानमन्त्रीलाई बुझाउनुभयो, यो विवाद त्यहाँबाट देखियो । यसअघि पनि यस्ता सानातिना विवादहरु देखिएका हुन् । यसलाई ठुलो बनाउनुपर्ने विषय थिएन । नेपाल र चीनको बीचमा बोर्डर सम्बन्धी प्रोटोकलहरु छन् । त्यसको लागि दुवैतिरका सरकारी टोलीका मान्छेहरुको कमिटी छ । त्यो कमिटीलाई मनिटर गर्न दिएको भए यो समस्या आउने थिएन ।’ साथै, सरकारले यसको समाधान गर्न खोज्नु राम्रो पक्ष भएको भन्दै नेपालका कम्युनिष्ट पार्टीले यसको विरोध गर्नुपर्ने कारण आफुले नदेखेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्