Logo

चीनसँग हाम्रो सीमा विवाद छ, अहिले समिति बनाउनु राम्रो मौसम होईन : बुद्धिनारायण श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, २१ भदौ । सीमा विज्ञ बुद्धिनारायण श्रेष्ठले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले चीनसँगको सीमा विवाद समाधान गर्न सक्ने बताएका छन् । तर, प्रधानमन्त्री देउवाले चातुर्यता देखाउनुपर्नेमा उनको जोड थियो । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले चीनसँगको सीमा विवाद समाधानको लागि अध्ययन समिति बनाउँदा मौसम ठिक नभएको टिप्पणी गरे ।

उनले भने,‘अहिले प्राकृतिक रुपमा पनि यो राम्रो मौसम होईन, त्यो जाँचबुझ गर्न जाने टोलीले टाकुरे डाँडो, ५ हजार ५ सय २ मिटर अग्लो छ, अहिले हिउँ पर्छ, त्यहाँ कसरी जाँचबुझ गर्न टोली त्यहाँ जान्छ ? अहिले राजनीतिक रुपले पनि यो उपयुक्त समय होईन, किनकी अहिले मन्त्रिपरिषद्ले पनि पूर्णता पाएको छैन् । प्रधानमन्त्रीले दुवै देशसँग हाम्रो सीमा विवाद दिर्घकालिन रुपमा समाधान हुनुपर्छ ।’

चीनसँग सीमा समस्या रहेको उनको दाबी छ । उनले गत वर्षसम्म दुई ठाउँमा रहेपनि अहिले एक ठाउँमा चीनसँग सीमा विवाद रहेको सुनाए । उनले भने,‘दोलखा जिल्लाको लामाबगर भन्ने ठाउँ छ, लाप्ची गाउँ छ, चुलीमा बोर्डर मार्कर ५७ जहाँ गाडिएको छ, जहाँ स्थापना गरिएको छ, त्यो चाहीँ कु ठाउँमा गाडिएको छ, त्यहाँ नेपालको ९९ सय रोपणी मिचिएको छ । यो भनेर नेपालले चीनलाई पत्राचार गरिरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्