Logo

मन्त्रीपरिषद् घोषणा कार्यक्रममा तालिवानले रुस, चीन, इरान, टर्कीलगायत अन्य देशलाई दियो निम्तो



एजेन्सी, २१ भदौ । तालिवानले अफगानिस्तान कब्जा गरेपछि अफगानिस्तानमा नयाँ सरकार छिट्टै गठन बारे विश्वास दिलाएको छ । मन्त्रीपरिषद् घोषणा कार्यक्रममा तालिवानले रुस, चीन, इरान, टर्कीलगायत अन्य देशलाई तालिवानले निम्तो दिएको तालिवानी प्रतिनिधिले सोमबार सञ्चामाध्यम अल्जजीरालाई बताएको हो ।

प्रतिनिधिको भनाईलाई उदृत गर्दै अल्जजीराले लेखेको छ,‘हामीले रुस, चीन, इरान, पाकिस्तान, कतारलाई मन्त्रीपरिषद् घोषणा कार्यक्रममा सहभागी हुन् निम्तो दिएका छौँ । तालिवानले नयाँ सरकार गठन गर्ने छ । र, यो सम्पूर्ण अन्तर्राष्ट्रिय समूदायलाई र अफगानी नागरिकलाई मान्य हुने छ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्